images

२०८३ आश्विन २३ गते

images
images
images
  • बजार
  • सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १...

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

    images
    images

    मङ्गलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो ।यसअघि आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड राखेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend