images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • हिमाली टाइगर सुज एन्ड स्लिपर प्रालिलाई...

हिमाली टाइगर सुज एन्ड स्लिपर प्रालिलाई २ लाख रुपैयाँ जरिबाना

हिमाली टाइगर सुज एन्ड स्लिपर प्रालिलाई २ लाख रुपैयाँ जरिबाना

images
images
शनिवार, चैत्र ३० २०८१
शनिवार, चैत्र ३० २०८१
  • काठमाडौंः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं तारकेश्वरको हिमाली टाइगर सुज एन्ड स्लिपर प्रालिलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

    images
    images

    विभागले बिहीवार उपत्यकाभित्रका आठ वटा उद्योग तथा व्यवसायमा गरेको नियमित अनुगमनको क्रममा उक्त कम्पनीले उपभोक्तालाई अनिवार्य रूपमा जानकारी दिनुपर्ने लेबल र अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नगरी सामग्री बिक्री गरेको अनुगमनमा पाइएको हो।

    विभागका अनुसार बिना लेबल र एमआरपी सामान बिक्री गर्नु उपभोक्ताको हकविरुद्धको कार्य हो र यसले बजार प्रणालीलाई अपारदर्शी देखाउछ। त्यसैले विभागले कम्पनीलाई जरिवाना गर्नुका साथै आगामी दिनमा उत्पादन हुने सबै सामग्रीमा स्पष्ट लेबल र एमआरपी राख्न निर्देशन पनि दिएको छ।

    images
    images

    साथमा, विभागले कम्पनीलाई आवश्यक कागजातहरू सहित विभागमा उपस्थित भई स्पष्टीकरण दिन पनि निर्देशन गराएको छ।

    विभागले उपभोक्ताको हक–हित संरक्षण गर्दै बजारलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन नियमित अनुगमन र आवश्यक कारबाही प्रक्रिया निरन्तर अगाडि बढाइने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend