images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सुनको मूल्यले फेरि बनायो ऐतिहासिक...

सुनको मूल्यले फेरि बनायो ऐतिहासिक रेकर्ड, तोलामा ५७०० ले बढ्यो

सुनको मूल्यले फेरि बनायो ऐतिहासिक रेकर्ड, तोलामा ५७०० ले बढ्यो

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। आज सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको हो। बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो।

    images
    images

    यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि क्रमश: घट्दै गएको सुन आज भारी मूल्यले वृद्धि भएको हो।

    सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार प्रतितोला चाँदीको मूल्य १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend