images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • आज दुई कम्पनीको साधारण सभा ...

आज दुई कम्पनीको साधारण सभा हुँदै, यस्ता छन् प्रस्ताव

आज दुई कम्पनीको साधारण सभा हुँदै, यस्ता छन् प्रस्ताव

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं ।  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र यूनाइटेड मोदी हाइड्रोपावरको वार्षिक साधारण सभा आज हुँदैछ ।ग्रीन डेलभपमेन्ट बैंकको बाह्रौं वार्षिक साधारण सभा बाग्लुङस्थित पिस प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्ने योजना बनाएको छ। 

    images
    images

    साथै, मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।त्यसैगरी ६३ करोड ७ लाख १३ हजार रुपैयाँको हकप्रद शेयर जारी गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चार खर्च वृद्धि गर्ने लगायतका प्रस्ताव तय गरिएका छन्।

    यूनाइटेड मोदी हाइड्रोपावर को एघारौं वार्षिक साधारण सभा काठमाडौंको कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले कम्पनीले १ः१ को अनुपातमा निष्कासन गर्न भनिएको हकप्रद शेयरलाई संशोधन गरेर १ः०.६५ को अनुपातमा निष्कासन गर्ने, अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, हकप्रद निष्कासका बाँकी आवश्यक कार्य गर्न र प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने छ।

    images
    images

    त्यस्तै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र खोजेर सोमा लगानी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend