काठमाडौँः जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रबिन्दु बनाएर गए राति गएको ५.२ म्याग्निच्युड र ५.५ म्याग्निच्युडका दुई वटा भूकम्पमा परी आठ जना घाइते भएका छन्।
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार रुकुमपश्चिममा २ जना, जाजरकोटमा ६ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जाजरकोट, रुकुमपश्चिम र कालिकोट जिल्लाका केही निजी आवास तथा सरकारी भवनहरूमा सामान्य चिरा परेको एवं भवनहरू चर्किएको बताएका छन।




.gif)





