images

२०८३ कार्तिक ६ गते

images
images
images

प्रभु बैंक र र्‍याडिसन होटलबीच विशेष छुट सम्झौता

प्रभु बैंक र र्‍याडिसन होटलबीच विशेष छुट सम्झौता

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  • काठमाडौं : प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित र्‍याडिसन होटल, काठमाण्डौंसँग होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ। र्‍याडिसन होटल एक अन्तर्राष्ट्रिय होटल चेनअन्तर्गत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिइरहेको एक अग्रणी पाँच तारे होटल हो।

    images
    images

    एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्‍याडिसन होटल, काठमाण्डौंका तर्फबाट निर्देशक (Food and Beverage)  केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाद्वारा हस्ताक्षर गरियो।

    सम्झौताअनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै र्‍याडिसन होटल काठमाण्डौले संचालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउनेछन्।

    images
    images

    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend