images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • गार्डियन माइक्रो लाइफले हकप्रद पारित...

गार्डियन माइक्रो लाइफले हकप्रद पारित गर्न बोलायो साधारणसभा

गार्डियन माइक्रो लाइफले हकप्रद पारित गर्न बोलायो साधारणसभा

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको हो ।

    images
    images

    वैशाख ५ गते शुक्रबार विशेष साधारणसभा हुने कम्पनीले जनाएको छ । उक्त सभाबाट हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित हुनेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २८ गते बुक क्लोज गर्ने भएको छ । 

    विशेष प्रस्ताव :

    images
    images

    १. कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

    २. कम्पनीको हाल चुक्ता पुँजी रु. ७५,००,००,०००/- को १ : १ का दरले ( १०० प्रतिशत) हकप्रद शेयर जारी गरी रु १५०,००,००,०००/- पुर्याउने विशेष प्रस्ताव पारित गर्ने ।

    ३. कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

    ४. कम्पनीको पुँजी वृद्धि, हकप्रद शेयर जारी गर्ने सम्वन्धी सम्पुर्ण प्रक्रिया अगाडी बढाउन तथा प्रबन्धपत्र संसोधन सम्वन्धी सम्पुर्ण कार्य गर्न नियमनकारी निकायहरुले दिएको निर्देशन बमोजिमको आवश्यक कागजात बनाउन, फेर थपघट गर्न, कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend