images

२०८३ आश्विन २८ गते

images
images
images

नयाँ गभर्नर नियुक्तीमा सुरु हुन थाल्यो चलखेल ?

नयाँ गभर्नर नियुक्तीमा सुरु हुन थाल्यो चलखेल ?

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौंः नयाँ गभर्नर नियुक्ती गर्न दुई सत्तारुढ दलहरुले एकपछि अर्को पात्र खडा गरिरहेको अबस्थामा अर्थमन्त्रायले ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन नै गरेर उमेर हद नै हटाएको छ । सोमबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको संशोधित मापदण्ड उमेर हद शंसोधन पनि गरेको पाइएको हो ।

    images
    images

    यसअघि मन्त्रालय मातहत नियुक्तिका लागि न्यूनतम ३० वर्ष र अधिकतम ६५ वर्षको उमेर हद आवश्यक हुने रहेकोमा अब उमेर हद हटाइएको छ । सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति समेत गठन गरिसकेको अवस्थामा ‘अर्थ सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी तथा सदस्य नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३’ मा दोस्रो संशोधन गरेको छ ।

    हाल संशोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अर्थ मन्त्रालय मातहत नेपाल राष्ट्र बैंक सहित १५ वटा निकायमा  नियम लागु हुनेछ । यस अघिको मापदण्डमा निकायको कार्यकारी प्रमुखका हकमा ३० वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यका हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने नियम थियो । नयाँ प्रावधानमा यो बुँदा हटाइएको छ ।

    images
    images

    गभर्नर पदका लागि एक दर्जन भन्दा बढी आकंक्षीहरु छन् । राष्ट्र बैंककै कार्यकारी प्रमुख निलम ढुंगाना, प्रकाश श्रेष्ठ, ज्ञानेन्द्र ढुगाना,गुणाकर भट्ट, रविन्द्र पाण्डे लगायत रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend