images

२०८३ आश्विन २८ गते

images
images
images

राष्ट्र बैंक पाँच सयको २३ करोड थान नयाँ नोट छाप्दै

राष्ट्र बैंक पाँच सयको २३ करोड थान नयाँ नोट छाप्दै

images
images
आइतवार, चैत्र १७ २०८१
आइतवार, चैत्र १७ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. ५०० दरका नयाँ नोट छाप्ने निर्णय गरेको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै, नयाँ ५०० दरका  २३ करोड थान  नयाँ नोटहरूको प्रचलनमा ल्याउनका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जनाएको छ ।

    images
    images

    नयाँ नोट छाप्न इच्छुक आपूर्तिकर्ताहरूलाई गोप्य शिलबन्दी बोलपत्र पेस गर्नका लागि आह्वान गरिएको छ। इच्छुक आपूर्तिकर्ताले आगामी मे ३ तारिखसम्म बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्ने क्रममा २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ट स्टेर्लिङको शुल्क लाग्ने छ।

    नेपाल राष्ट्र बैंकले यसका लागि प्रिक्वालिफिकेसन प्रक्रिया अन्तर्गत ६ वटा विदेशी कम्पनीलाई छनौट गरिसकेको छ। यी कम्पनीहरूमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस रहेका छन्।

    images
    images

    प्रिक्वालिफिकेसनमा चयन भएका यी ६ वटा कम्पनीले अब बोलपत्र पेस गर्न सक्नेछन्, र सबैभन्दा कम लागतमा नोट छाप्ने प्रस्ताव प्रस्तुत गर्ने कम्पनीलाई राष्ट्र बैंकले बैंक नोट छाप्ने ठेक्का दिनेछ।

    487484930_671932565226162_8025134629767597166_n

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend