images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी बैंकको सहयोगमा निर्मित विद्यालयको पुस्तकालय...

एनआईसी बैंकको सहयोगमा निर्मित विद्यालयको पुस्तकालय भवनको उद्घाटन

एनआईसी बैंकको सहयोगमा निर्मित विद्यालयको पुस्तकालय भवनको उद्घाटन

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको छ ।

    images
    images

    विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले बैंकको सहयोगमा सम्बन्धित विद्यालयसँगको सहभागितामा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको पुस्तकालय भवन यही २०८१ चैत्र १२ गते समुद्घाटन गरिएको हो ।

    उक्त पुस्तकालय समुद्घाटन समारोहमा उक्त विद्यालयका प्रधानाध्यापक बिनोद मेहता, यस एन्आईसी एशिया बैंक मधेश प्रदेश प्रमुख अमीत केसी लगायत सम्बन्धित विद्यालय तथा यस बैंकका अन्य प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । उक्त पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका झन्डै १५०० विद्यार्थी तथा शिक्षक÷शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend