images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • गभर्नरका लागि तीव्र दौडधुप,कस्को छ बलियो...

गभर्नरका लागि तीव्र दौडधुप,कस्को छ बलियो सम्भावना

गभर्नरका लागि तीव्र दौडधुप,कस्को छ बलियो सम्भावना

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौंः नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर छनोटको प्रक्रिया चर्चा चलिरहेको छ । यस क्रममा भावी गभर्नरका लागि तीव्र दौडधुप चलिरहेको छ । यस दौडमा अहिले सम्म सबैभन्दा अगाडि ज्ञानेन्द्र ढुंगाना नै देखिएका छन् । 

    images
    images

    गभर्नर बन्ने सम्भावना बलियो देखिए पछि उनले नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा  छन् । निजी बैंकमा छँदाकै अवस्थामा गभर्नर बनाउँदा कुलिङ पिरियडको प्रश्न उठ्न सक्ने सम्भावनालाई समयमै निप्टारा लगाउन उनी नेपालको सबैभन्दा आकर्षक र महँगो जागिरबाट अलग भएका हुन्। 

    नेपाल बंगालदेश बैंकलाई नबिल बैंकमा मर्जर गराएयता ढुंगाना बैंकको सीईओ रहँदै आएका थिए । दुई वर्षका लागि पहिलो कार्यकालमा नियुक्त भएका ढुंगाना दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति पाएका थिए ।

    images
    images

    मन्त्रिपरिषद्ले सोमबार नै गभर्नर सिफारिस समिति गठन गरिसकेको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको सिफारिस समितिमा अर्थशास्त्री विश्व पौडेल र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य रहेका छन् । 

    राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट सेवा निवृत्त ढुंगाना चार्टर्ड एकाउन्टेन्ट हुन् । उनी राष्ट्र बैंक छाडेर तत्कालीन एनसीसी बैंक हुँदै नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । समस्या ग्रस्त भइसकेको नेपाल बंगलादेश बैंकलाई सुधार गर्न बंगलादेशी लगानीकर्ता ल्याउन उनले महत्त्वपूर्ण भूमिका खेलका थिए ।

    उनी नेपाल बैंकर्स संघको अध्यक्ष समेत भइसकेका छन् । नेपाल र भारतको मौद्रिक नीतिबारे सबैभन्दा उपल्लो स्तरको जानकारी राख्ने विज्ञमध्ये पर्ने उनीसँग केन्द्रीय बैंकको आन्तरिक संरचना देखि निजी क्षेत्र सम्मलाई विश्वासमा लिएर हिँड्ने खुबी र कौशल पनि छ ।

    गभर्नर बन्न आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुनका लब्ध प्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरुलाई तोकिएको छ।हुन त राष्ट्र बैंकमै कार्यकारी निर्देशक रहेका डा. प्रकाश श्रेष्ठले आफ्नो तीन महिने कार्यकाल बाँकी रहँदै राजीनामा दिएर अघि सरेका छन् भने राष्ट्र बैंकबाटै डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना र बम बहादुर मिश्रका साथै कार्यकारी निर्देशक गुणाकर भट्ट प्रमुख प्रतिस्पर्धीहरु देखिएका छन् ।

    धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नेपाल विद्युत प्राधिकरणको नेतृत्व एमालेका भागमा परिसकेकाले अब गभर्नर कांग्रेसले दिएको नामबाट बन्ने  छ । कांग्रेस नेतृत्वले ज्ञानेन्द्र ढुंगानाको नाम पक्का जस्तै गरिसकेका छन । कांग्रेसबाटै अर्का बलिया उम्मेदवार देखिएका गुणाकर भट्टलाई तत्काल डेपुटी गभर्नर बनाउने र भविष्यका लागि तयार राख्ने सम्मको योजनामा कांग्रेस नेतृत्व रहेको देखिन्छ ।

    दुईजना डेपुटी गभर्नर हुने भएकाले अर्को एक एमाले खेमाको बनाउन सकिने समझदारी शीर्ष नेतृत्व तहमा बनेको देखिएको छ । अहिले आर्थिक र मौद्रिक क्षेत्रमा देखिएका समस्याको उचित सम्बोधन गर्न सक्ने व्यक्ति ढुंगाना नै हुन सक्छन् भन्नेमा नेतृत्व तहमा सहमत जस्तै देखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend