images

२०८३ आश्विन १९ गते

images
images
images

नेपाली फिल्म'डोरी' को अग्रिम टिकट बुकिङ खुला

नेपाली फिल्म'डोरी' को अग्रिम टिकट बुकिङ खुला

images
images
बिहिवार, चैत्र १४ २०८१
बिहिवार, चैत्र १४ २०८१
  • काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'डोरी' को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलमा बुधवारबाट बुकिङ खुला गरेको थियो भने अन्य केही हलहरूले पनि बुकिङ खुलाएका छन्। वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुला हुनेछ र शो संख्या यकिन हुनेछ। उनले देशभर करिब १२० शो प्राप्त हुने जनाए।

    images
    images

    त्यसैगरी, 'डोरी' लाई केन्द्रीय चलचित्र जाँच पास समितिले 'पिजी' प्रमाणपत्र प्रदान गरेको छ। बुधबार साँझ यो फिल्मको सेन्सर गरिएको थियो। अब यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन्।फिल्मका निर्देशक अरुण लामाले सामाजिक कथामा हास्य रस, थ्रिल र हररलाई मिश्रण गरी 'डोरी' तयार भएको बताए। लामाले फिल्मको कथावस्तु सबैको जीवनसँग कुनै न कुनै रूपमा मेल खाने भएकाले दर्शकले यसमा अपनत्व महसुस गर्ने विश्वास व्यक्त गरे।

    'डोरी' को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन्। फिल्ममा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ।

    images
    images

    फिल्मका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन्। फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, संगीत निर्देशक राजनराज सिवाकोटी, छायांकन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रंग संयोजक रेनीश फागो रहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend