images

२०८३ आश्विन २८ गते

images
images
images

एभरेष्ट बैंकको ‘ग्लोबल मनी वीक २०२५’ कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको ‘ग्लोबल मनी वीक २०२५’ कार्यक्रम सम्पन्न

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा विगत वर्षजस्तै यसवर्ष पनि एभरेष्ट बैंकले मिति २०८१ साल चैन ४ देखी सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।

    images
    images

    कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहररुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीबीच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ । उक्त कार्यक्रममा केही विद्यार्थीलाई बैंकको शाखासमेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराइएको थियो ।

    थिङ् बिफोर यु फलो, उइस मन टुमरो भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन कार्यक्रमहरुमा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरुमा सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

    images
    images

    पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेका र देशैभरी १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्ली लगाएत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ.।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend