images

२०८३ आश्विन १९ गते

images
images
images

चलचित्र ‘बिगुल’को निर्माण घोषणा

चलचित्र ‘बिगुल’को निर्माण घोषणा

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं । सामाजिक कथावस्तुमा आधारित नयाँ नेपाली चलचित्र ‘बिगुल’को निर्माण घोषणा गरिएको छ । यस चलचित्रमा अभिनेता नरेन खड्का मुख्य भूमिकामा अनुबन्ध भएका छन् । निर्माण टिमले हालै उनीसँग लिखित सम्झौता गर्दै मुख्य भूमिकामा अनुबन्ध गराएको हो ।

    images
    images

    बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले चलचित्रको कथावस्तु झल्काउने संकेत गर्छ । अहिलेसम्म एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेका खड्का पछिल्लो ‘बाह्र गाउँ’मा देखिएका थिए ।चलचित्र ‘हमेशा’ बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका नरेनले ‘बुलाकी’बाट सर्वाधिक चर्चामा आएका हुन् । ‘बुलाकी’बाट उनले विभिन्न फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जितिसकेका छन् ।

    अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’ मा नरेनबाहेक अन्य कलाकारहरूको छनोट टुंगो लाग्न बाँकी छ । निर्माण टिमले उनको अपोजिटमा अभिनेत्रीको खोजी गरिरहेको छ ।यो चलचित्रलाई निर्देशन रमेश कोइरालाले गर्नेछन् । उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरिसकेका छन् । मौनता श्रेष्ठको लेखन रहेको सिनेमामा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन् ।

    images
    images

    एमजीपी ब्यानरमा निर्माण हुने चलचित्रको छायांकनको जिम्मेवारी शिव ढकालले लिएका छन् । चलचित्रको छायांकन नयाँ वर्ष २०८२ को बैशाख १ गते विशेष मुहूर्त गरी सुरु गरिने निर्माणपक्षले बताएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend