images

२०८३ आश्विन १९ गते

images
images
images

चैत १९ देखि 'कमेडी नाइट विथ च्याम्पियन्स' आउने, सार्वजनिक भयो ट्रेलर

चैत १९ देखि 'कमेडी नाइट विथ च्याम्पियन्स' आउने, सार्वजनिक भयो ट्रेलर

images
images
बुधवार, चैत्र १३ २०८१
बुधवार, चैत्र १३ २०८१
  • काठमाडौं ।  टेलिभिजन कमेडी शो 'कमेडी नाइट विथ च्याम्पियन्स' चैत १९ गतेदेखि प्रसारणमा आउने भएको छ। शोको मंगलबार ट्रेलर ल्याउँदै आउँदो मंगलबारदेखि शो प्रसारणमा आउने जानकारी दिइएको हो। यो शो भव्य सेट र नयाँ संरचनाअनुसार दर्शकमाझ आउन लागेको छ।

    images
    images

    शोमा पहिलो अतिथिका रूपमा अभिनेताहरू दीपकराज गिरी र जितु नेपाल छन्। अभिनेत्री तथा निर्देशक दीपाश्री यो शोमा अध्यक्ष छिन्। पछिल्लो समय छुट्टिएर काम गरिरहेका दीपक–दीपा र जितु एउटै फ्रेममा देखिँदा दर्शकले खुसी व्यक्त गरेका छन्।शोका निर्देशक विशाल भण्डारी हुन्। यसपटक उनी होस्टका रूपमा पनि छन्। 

    शोमा सुमन कार्की, साजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, म्याक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई र सन्तोष थापाको प्रस्तुति रहनेछ। शोको निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालि हो।'कमेडी नाइट विथ च्याम्पियन्स'  हिमालय टिभीमा हरेक मंगलबार राति ८ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलमा ९ बजे स्ट्रिमिङ हुनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend