images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगर्न...

सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगर्न राष्ट्र बैंकको आग्रह

सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगर्न राष्ट्र बैंकको आग्रह

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगर्न आग्रह गरेको  छ । ग्लोबल मनी वीक सकिएको अवसरमा वित्तीय सचेतनाका लागि सुचना प्रवाह गर्दै बैंकले सबैलाई सचेत रहन भनेको हो । बैंकले "Think before you follow, wise money tomorrow" भन्ने नाराका साथ 'Global Money Week (GMW 2025 ) १७ देखि २३ मार्च, २०२५ सम्म मनाएको छ । सामा

    images
    images

    जिक सञ्जालमार्फत् बैंकले दिएको जानकारीमा भनिएको छ, ‘GMW 2025 को नारामा उल्लेख भएजस्तै सामाजिक सञ्जालमा चर्चा पाएका सबै विषय र तिनका Influencers सो विषयका विज्ञ नहुन पनि सक्ने र गलत Influencers को कुराबाट प्रभावित भई वित्तीय निर्णय लिँदा आर्थिक नोक्सानी सक्नेतर्फ सचेत रहौं ।’अहिलेको समयमा सामाजिक सञ्जालमा पत्यारिलाजस्ता लाग्ने थुप्रै वित्तीय जानकारी र सुझावहरू भेटिन सक्ने भन्दै व्यक्तिलाई फलो गर्नुअघि सूचनाबारे मनन गर्न बैंकले सुझाएको छ । 

    ‘कुनै पनि वित्तीय निर्णय लिँदा सोसम्बन्धी स्वाध्ययन, अनुसन्धान र गहन विचार वा विश्वसनीय स्रोतहरूसँग परामर्श गरौं । क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर गरिने वित्तीय निर्णयले ठुलो आर्थिक नोक्सान गराउन सक्ने भएकोले यसतर्फ सचेत रहौँ ।’ बैंकले भनेको छ । download

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend