images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • भिसा अभियानमा कुमारी बैङ्कका ग्राहक गोकुल...

भिसा अभियानमा कुमारी बैङ्कका ग्राहक गोकुल थापा विजेता घोषित

भिसा अभियानमा कुमारी बैङ्कका ग्राहक गोकुल थापा विजेता घोषित

images
images
मंगलवार, चैत्र १२ २०८१
मंगलवार, चैत्र १२ २०८१
  • काठमाडौँ। भिसाले सञ्चालन गरेको "दसैँ अभियान २०२४" अन्तर्गत कुमारी बैङ्कका ग्राहकहरू मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरी विजेता बन्न सफल भएका छन्। त्यसैसरि कुमारी बैङ्ककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता भएका छन्। भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैङ्कहरूबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो। विजेताहरूले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन्।

    images
    images

    विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ। बैङ्कले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend