images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • स्वाप कारोबार विनियमावली जारी, डलर कारोबारलाई...

स्वाप कारोबार विनियमावली जारी, डलर कारोबारलाई मात्रै मान्यता

स्वाप कारोबार विनियमावली जारी, डलर कारोबारलाई मात्रै मान्यता

images
images
सोमवार, श्रावण १४ २०८१
सोमवार, श्रावण १४ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । 

    images
    images

    बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले उक्त विनियमावली स्वीकृत गरेको हो ।

    विनियमावलीमा भएको व्यवस्थाअनुसार विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंक र काउण्टरपार्टीबीच ‘खरिद–विक्री अमेरिकी डलर÷नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिनेछ ।

    images
    images

    यस्तो स्वाप कारोबारको पहिलो चरणमा राष्ट्र बैंकले काउण्टर पार्टीसँग तोकिएको स्पट दरमा अमेरिकी डलर खरिद गरी नेपाली रुपैयाँ विक्री गर्नेछ । 

    स्वाप कारोबारको दोस्रो चरणमा पहिलो चरणको कारोबार रकम बराबरको अमेरिकी डलर तोकिएको फरवार्ड मिति र तोकिएको फरवार्ड दरमा राष्ट्र बैंकले काउण्टर पार्टीलाई विक्री गरी नेपाली रुपैयाँ खरिद गर्नेछ ।

    स्वाप कारोबारका लागि विदेशबाट भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रामा ऋण भित्र्याउने इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त र पूर्वाधार विकास बैंक काउण्टरपार्टी बन्न योग्य हुने छन् । स्वाप कारोबार रकम र बोलकबोल हुने मितिसम्बन्धी व्यवस्था पनि विनियमावलीमा राखिएको छ । 

    तोकिएको स्वाप कारोबारको रकम बमोजिमको कूल कारोबार रकमभन्दा बढी नहुने गरी प्रति काउण्टरपार्टी स्वाप कारोबारको न्यूनतम रकम अमेरिकी डलर दश लाख र बढीमा अमेरिकी डलर दश लाखले भाग गर्दा निःशेष भाग जाने गरी काउण्टरपार्टीले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँ बाहेकको विदेशी मुद्रा ऋणको वक्यौता साँवा रकमसम्म हुने गरी काउण्टर पार्टीले बोलकबोल पेस गर्नुपर्नेछ ।

    विनियमावलीले राष्ट्र बैंकमा विदेशी विनिमय व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नरलाई स्वाप कारोबार समितिको अध्यक्ष रहने व्यवस्था राखेको छ । 

    उक्त समितिमा राष्ट्र बैंकअन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभाग, मौद्रिक व्यवस्थापन विभाग, आर्थिक अनुसन्धान विभाग, बैंकिङ्ग विभाग र वित्त व्यवस्थापन विभागको कार्यकारी निर्देशक सदस्य रहनेछन् भने विदेशी विनिमय व्यवस्थापन विभागको लगानी हेर्ने निर्देशक सदस्य सचिव रहनेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend