images

२०८३ आश्विन १९ गते

images
images
images

पछिल्लो समय चर्चामा 'रात किन हुन्छ हजुर...'

पछिल्लो समय चर्चामा 'रात किन हुन्छ हजुर...'

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । पछिल्लो समय 'रात किन हुन्छ हजुर' बोलको गीत चर्चामा छ। यो प्रदर्शनरत फिल्म 'अञ्जिला' मा समावेश गीत हो। यो गीतमा हजारौं टिकटक, रिल्स भिडिओ बनेका छन्।

    images
    images

    यी प्लेटर्फममा गीतको चर्चासँगै युट्युब भ्युज पनि बढ्दो छ। गीतलाई रिलिजको ९ दिनमा युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ। 

    स्याड भर्सनको गीतमा गायक थानेश्वर गौतम र गायिका शान्तिश्री परियारको स्वर छ। शब्द प्रभा बर्तौलाले कोरेकी हुन्। संगीत गायक गौतम स्वयंको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका छन्। भिडिओमा फिल्मकी शीर्ष कलाकार एन्जिला तुम्बापो सुब्बा फिचर्ड छिन्।नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान उनै सुब्बाको जीवनकथामा 'अञ्जिला' फिल्म बनेको हो।मिलन चाम्स निर्देशित फिल्मले राम्रो व्यापार गरिरहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend