images

२०८३ आश्विन २८ गते

images
images
images

आज एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा बस्दै

आज एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा बस्दै

images
images
सोमवार, चैत्र ११ २०८१
सोमवार, चैत्र ११ २०८१
  • काठमाडौं । सभामा बैंकले लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । जसअनुसार सेयरधनीहरुको हात यसवर्ष खाली हुने भएको छ । यसअघि नै बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । 

    images
    images

    त्यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले बिहीबार फागुन २९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
    सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend