images

२०८३ आश्विन २८ गते

images
images
images

वाणिज्य बैंकले ७ महिनामा दिए ३ खर्ब १८ अर्ब आवासीय कर्जा, कुनले कति ?

वाणिज्य बैंकले ७ महिनामा दिए ३ खर्ब १८ अर्ब आवासीय कर्जा, कुनले कति ?

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरू आवासीय कर्जा प्रवाहमा केन्द्रित भएका छन् । नेपाल राष्ट्र बैंकले आवासीय कर्जामा उदार नीति लिएकाले बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत घरकर्जा बढाएका हुन्  । कर्जाको मागले घरजग्गा क्षेत्र फेरि सक्रिय हुँदै गएको छ ।

    images
    images

    पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने घर कर्जाको प्रवाह उल्लेख्य रूपमा बढेको छ । ब्याजदर घट्दै जानु र बैंकिङ प्रणालीमा तरलता सहज हुनु यसका प्रमुख कारण मानिन्छन् । 

    चालु आर्थिक वर्षको ७ महिना वाणिज्य बैंकहरुले ब्यक्तिगत घर बनाउनका लागि ३ खर्ब १८ अर्ब ८४ करोड ५८ लाख रुपैयाँ कर्जा दिएका छन् । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.३६ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ७ महिनामा बैंकहरुले ३ खर्ब ५ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ घर कर्जा दिएका हुन् । 

    images
    images

    सर्वाधिक कर्जा दिनेमा कुन-कुन बैंक ?

    चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा व्यक्तिगत घर बनाउनका लागि एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले सर्वाधिक कर्जा दिएका छन् ।- एनआइसी एशिया बैंकले ५१ अर्ब ६४ करोड कर्जा प्रदान गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.०४ प्रतिशतले कम हो ।

    - ग्लोबल आइएमई बैंकले ब्यक्तिगत घर कर्जा २८.१७ प्रतिशतले बढाएर ३७ अर्ब ८४ करोड १४ लाख कर्जा प्रदान गरेको छ ।

    अन्य कुन बैंकको कति ?

    यो अवधिमा नबिल बैंकले ब्यक्तिगत घर कर्जा मार्फत २७ अर्ब ३० करोड ३९ लाख रुपैयाँ दिएको छ । राष्ट्रिय वाणिज्य बैंकले ब्यक्तिगत घर कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १९.४० प्रतिशतले बढेर २७ अर्ब २४, एभरेष्ट बैंकको १.२२ प्रतिशतले घटेर २२ अर्ब ७४ करोड, लक्ष्मी सनराइज बैंकको ७.९९ प्रतिशतले घटेर १८ अर्ब, एनएमबि बैंकको ११.२० प्रतिशतले बढेर १६ अर्ब ८८ करोड, सिद्धार्थ बैंकको २९.१५ प्रतिशतले बढेर १३ अर्ब ४७ करोड र प्रभु बैंकको ५.६८ प्रतिशतले घटेर १३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

    यस्तै,व्यक्तिगत घर बनाउनका लागि कुमारी बैंकले १२ अर्ब ६६ करोड, कृषि विकास बैंकले १० अर्ब, सिटिजन्स बैंकले १० अर्ब, सानिमा बैंकले ९ अर्ब ७१ करोड, स्टान्र्डड चाटर्डले ९ अर्ब ६२ करोड, प्राइम बैंकले ८ अर्ब ४० करोड, नेपाल इन्भेष्टमेन्ट गेमा बैंकले ७ अर्ब ४५ करोड, नेपाल बैंकले ७ अर्ब, माछापुछ्र्रे बैंकले ६ अर्ब ४२ करोड, हिमालन बैंकले ५ अर्ब र नेपाल एसबिआई बैंकले २ अर्ब ३४ करोड रुपैयाँ कर्जा दिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend