images

२०८३ आश्विन २८ गते

images
images
images

नेपाल बैंकको ६५औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंकको ६५औं वार्षिक साधारण सभा सम्पन्न

images
images
बिहिवार, चैत्र ७ २०८१
बिहिवार, चैत्र ७ २०८१
  • काठमाडौं ।  नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा नेपाल एपिएफ क्लब, हलचोक काठमाडौंमा चैत ६ गते बुधवार सम्पन्न भएको छ। सभाको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीले गरेका थिए। यस सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

    images
    images

    सभाले चालू आर्थिक वर्षको लेखापरीक्षण गर्न प्रदीप कुमार श्रेष्ठ, मधुविर पाण्डे, र सृष्टि कोइरालालाई तीन जना चाटर्ड एकाउन्टेन्टहरूलाई लेखापरीक्षकको रूपमा नियुक्त गर्ने प्रस्ताव समेत पारित गरेको छ। यसका साथै, महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श अनुसार यो निर्णय लिइएको हो।

    तर, बैंकको नियमावली अनुसार सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रक्रिया उच्च अदालत, पाटनको अल्पकालीन अन्तरिम आदेशबाट रोकिएको छ। यस कारणले उक्त निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोकिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend