images

२०८३ आश्विन २८ गते

images
images
images

आचार्य हिमालयन बैंकको सञ्चालक पदमा पुनः नियुक्त

आचार्य हिमालयन बैंकको सञ्चालक पदमा पुनः नियुक्त

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक पदमा सुनिता आचार्यलाई पुनः नियुक्त गरेको छ ।  सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने उनलाई पुनः  नियुक्त गरेको हो ।

    images
    images

    बैंकका अनुसार आचार्यको सञ्चालक पदको कार्यकाल २०८१ साल चैत ४ गते समाप्त भएकाले रिक्त पद पूर्तिका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ (ख), कम्पनी ऐन, २०६३ को दफा ८७ को उपदफा १(२) तथा बैंकको नियमावलीअनुसार निर्णय गरिएको हो।

    यसै सम्बन्धमा, बैंकको सञ्चालक समितिको २३९औं बैठक २०८१ साल चैत ४ गते बसेको थियो। उक्त बैठकमा आचार्यलाई अर्को साधारण सभासम्मका लागि पुनः सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरिएको छ। आचार्य भने बनेपा नगरपालिका वडा नं. ९ का निवासी हुन्।
    Screenshot_6-4

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend