images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार...

बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रहः गभर्नर अधिकारी

बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रहः गभर्नर अधिकारी

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौंः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले नियमन गरेको बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन्।

    images
    images

    काठमाडौंमा सोमबार आयोजित ‘ग्लोवल मनी वीक’ लाई सम्बोधन गर्दै उहाँले राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट वचत गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन। उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्याण्डेटको अलवा वित्तीय समावेशीतालाई एउटा महत्वपूर्ण एजेन्डाका रुपमा लिएको बताएका छन।

    गभर्नर महाप्रसाद अधिकारीका अनुसार राष्ट्र बैंकले सबै सर्वसाधारणको बैंकमा खाता होस् र ती खाताहरु सक्रिय रुपले चलुन् भन्ने मानसिकता राख्छ । उनले केही सिक्न, केही वित्तीय जानकारी लिँदा आम विद्यार्थीको व्यवहारमा समेत केही न केही परिवर्तन आउने बताए। वित्तीय हिसावले सचेत हुँदा आचारणमा समेत परिवर्तन ल्याउने समेत बताएका छन।

    images
    images

    गभर्नर महाप्रसाद अधिकारीले भने, ‘भोलिका दिनमा आफू व्यक्तिगत रुपमा पनि सुरक्षित हुन सकिन्छ । स्वच्छ समाज निर्माणमा सहयोग पुग्छ । त्यो त्यतिमा मात्रै सिमित छैन, समग्र राष्ट्रलाई समेत विद्यार्थीहरुले स्वच्छ बनाउन सघाउ पु¥याउँछ । त्यसैले विद्यार्थी उमेरमै वित्तीय रुपमा जानकार हुनुपर्छ भनेर राष्ट्रले त्यस सम्बन्धि शिक्षाका लागि प्रयास गर्ने गरेको छ । यो शिलशिलामा स्कुलको पाठ्यक्रममा पनि वित्तीय सक्षरता, समावेशीता राख्न हामीले खोजेका छौं । हाम्रो प्रयास भइरहेको छ, कसरी पाठ्यक्रममा वित्तीय शिक्षालाई समावेश गर्ने भनेर यही वर्ष पनि पाठ्यक्रम विकास केन्द्र सँग सयुक्त रुपमा अन्तरक्रिया कार्यक्रम गरेका छौं । वित्तीय शिक्षाको एउटा महत्वपूर्ण पाटो सेभिङ जरुरी छ । कोर सेभिङ जरुरी छ । जबजस्त भएपनि वित्तीय संघ संस्था मार्फत बचत गर्नुपर्छ, आफ्नो बजेटिङको पनि ख्याल गर्नुपर्छ । ’  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend