images

२०८३ आश्विन २८ गते

images
images
images

खाताबाट पैसा काटियो, तर पाउनु पर्नेले पाएन ?

खाताबाट पैसा काटियो, तर पाउनु पर्नेले पाएन ?

images
images
मंगलवार, चैत्र ५ २०८१
मंगलवार, चैत्र ५ २०८१
  • काठमाडौं । यदि तपाईंले आफ्नो खाताबाट पैसा पठाउनुभयो र रकम कटेर जानुपर्ने खातामा गएन भने के गर्नुहुन्छ ? यस्ता समस्यामा सामान्यतया तपाईंले आफ्नो बैंकसँग सम्पर्क गर्न सक्नुहुन्छ । तर बैंकले गुनासोको समाधान गरेन भने ?

    images
    images

    यस अवस्थामा तपाईं नेपाल राष्ट्र बैंकसँग गुनासो दर्ता गर्न सक्नुहुन्छ । नियामक निकायको रूपमा रहेको राष्ट्र बैंकले इजाजतप्राप्त बैंक, वित्तीय संस्था र मोबाइल वालेटसँग सम्बन्धित ग्राहकहरूको गुनासो समाधान गर्दै आएको छ ।

    राष्ट्र बैंकमार्फत १८ प्रकारका गुनासो दर्ता गर्न सकिन्छ । यसमध्ये डिपोजिट, ऋण, सेवा शुल्क, लिलामी, एटीएम, मुद्रा सटही, क्रेडिट कार्ड, डेबिट कार्ड, रेमिट्यान्स, इन्टरनेट बैंकिङ लगायतका गुनासो समावेश छन् ।गुनासो दर्ता गर्नको लागि राष्ट्र बैंकको अनलाइन पोर्टल प्रयोग गर्न सक्नुहुन्छ। पोर्टलमार्फत आफ्नो गुनासो दर्ता गरेपछि राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाइले समाधान प्रक्रिया अघि बढाउँछ ।

    images
    images

    राष्ट्र बैंकका उपनिर्देशक श्रीजा श्रेष्ठका अनुसार, गुनासो दर्ता गर्नका लागि पोर्टलको अलावा ईमेलमार्फत पनि गुनासो गर्न सकिन्छ । साथै, ग्राहकले भौतिक रूपमा उपस्थित भएर, चिठी लेखेर, वा हेलो सरकारमार्फत पनि गुनासो गर्न सक्छन् ।

    नेपाल राष्ट्र बैंकको अनलाइन पोर्टलमार्फत गुनासो दर्ता गर्दा कागजात र विवरण सही हुनुपर्छ । गुनासोको प्रक्रिया पूरा भएपछि गुनासो दर्ता नम्बर ईमेलमार्फत प्राप्त हुन्छ । जसबाट तपाईं गुनासोको स्थितिको जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

    राष्ट्र बैंकले वित्तीय संस्थाहरू प्रति ग्राहकको गुनासो सम्बोधन गर्ने भएता पनि संस्थाका कर्मचारीका संस्थाप्रतिका गुनासो सुनुवाइ गर्दैन । गुनासो गर्ने व्यक्तिको विवरण र गुनासो गलत वा अपूर्ण भएमा पनि गुनासोको सुनुवाइ प्रक्रिया अघि बढ्न सक्दैन । त्यस्तै अदालतमा विचाराधीन गुनासो र अपमानजनक गुनासोहरूको सुनुवाइ हुँदैन ।

    अनलाइनबाट गुनासो दर्ता गर्ने प्रक्रिया:

    • सेवा लिइरहनुभएको बैंक वा वित्तीय सेवा प्रदायकसँग समस्या भएमा पहिले त्यहाँ गुनासो गर्नुहोस् ।
    • यदि बैंकले समस्या समाधान नगरे भने राष्ट्र बैंकको गुनासो पोर्टलमा गएर दर्ता गर्न सक्नुहुन्छ ।
    • गुनासो दर्ता गर्दा सबै आवश्यक कागजातहरू अपलोड गर्नुहोस् ।
    • गुनासो दर्ता गरेपछि तपाईंले दर्ता नम्बर प्राप्त गर्नुहुनेछ र 'Track Complaint' मा गएर गुनासोको स्थिति जाँच गर्न सक्नुहुन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend