images

२०८३ कार्तिक ६ गते

images
images
images

लक्ष्मी सनराइज बैंकको ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’सार्वजनिक

लक्ष्मी सनराइज बैंकको ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’सार्वजनिक

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
  • काठमाडौं-लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ।

    images
    images

     यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ।

    खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा

    images
    images

    स-साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनाहरुमा लगानी भई कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनि पढ्न पाउँछ।

    लक्ष्मी सनराइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्धितर्फ अघि बढाउँछ भनेर देखाएको छ।

    सफलताको गाथा बुन्दै
    बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठुला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरु प्रवाह गर्दछ।

    यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरु पनि यसमा समेटिएको छ । 

    साझा समृद्धिको उत्सव मनाउँदै
    यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ; र बचत गर्नु हुने बैंकका ग्राहकहरु नै देशको समृद्धिको सारथि भएको कुरा प्रतित गराइएको छ।

    फिल्मले बचत तथा बैंकिङलाई साझा समृद्धितर्फको यात्राको रूपमा पुन: परिभाषित गर्ने लक्ष्मी सनराइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend