images

२०८३ आश्विन २८ गते

images
images
images

गभर्नर अधिकारी भोलिदेखि विदा बस्दै , कामुको जिम्मा ढुंगानालाई

गभर्नर अधिकारी भोलिदेखि विदा बस्दै , कामुको जिम्मा ढुंगानालाई

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकार भोलिबाट विदामा बस्ने भएका छन्। ०७६ चैत २४ मा नियुक्ति पाएर पाँच वर्षे कार्यकालको अन्तिम समयमा रहेका गभर्नर अधिकारी १० दिन अनिवार्य विदामा बस्न लागेका हुन्।

    images
    images

    ५ वर्ष राष्ट्र बैंकको नेतृत्व गरेका अधिकारीको कार्यकाल चैत २४ गते सकिँदै छ। कार्यकालको अन्तिम प्रहरमा रहेका उनले राष्ट्र बैंकमा १० दिने विदा लिएका हुन्। भोलिबाटै विदामा बस्ने भएपछि कायममुकायम जिम्मा डेपुटी गभर्नर डा. नीलम ढुंगानालाई दिइएको छ। 

    स्रोतका अनुसार गभर्नर अधिकारी अनिवार्य बिदामा बस्न लागेका हुन्। राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनि विकको एक कार्यक्रममा वित्तीय साक्षरता विद्यालय तहमै लागू गर्न छलफलमा रहेको बताएका अधिकारी भोलिबाट विदामा बसेर चैत १५ गते राष्ट्र बैंकमा फर्किनेछन्। त्यसपछि  कार्यकालको बाँकी रहेको ९ दिनमा उनले राष्ट्र बैंकबाट विदा लिने कार्ययोजना छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend