images

२०८३ आश्विन २८ गते

images
images
images

ग्लोबल मनी विक २०२५ को अवसरमा र्‍याली आयोजना

ग्लोबल मनी विक २०२५ को अवसरमा र्‍याली आयोजना

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • बागलुङ । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले बागलुङ जिल्लाको पश्चिम भेग बुर्तिबाङमा ग्लोबल मनी विक २०२५ को अवसर पारेर आज एक वित्तीय जनचेतनामूलक र्‍यालीको आयोजना गरेको छ। 

    images
    images

    ‘अनुसरण गर्नु अघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ। अरूका कुरा सुनौँ तर आधिकारिक कुरा सुनी निर्णय गरौँ,’ भन्ने मूल नाराका साथ आयोजित यस र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो।

    र्‍यालीमा सहभागीहरूले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए। कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी विकको महत्त्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारेका थिए। 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend