images

२०८३ आश्विन २८ गते

images
images
images

बैंक तथा वित्तीय संस्थाहरूको बिदा सूची सार्वजनिक (सूचीसहित)

बैंक तथा वित्तीय संस्थाहरूको बिदा सूची सार्वजनिक (सूचीसहित)

images
images
सोमवार, चैत्र ४ २०८१
सोमवार, चैत्र ४ २०८१
  • काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आगामी २०८२ वर्षको बैंक बिदा सूची सार्वजनिक गरेको छ।राष्ट्र बैंकले २०८२ मा कुल ४८ दिन बैंक बिदा रहने सूची सार्वजनिक गरेको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको सूची अनुसार, नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि बैंक बिदा हुनेछ। साथै, वैशाख १८ गतेको विश्व मजदुर दिवस र ९ मे, १० मे का दिनहरू सार्वजनिक बिदा हुनेछन्।

    images
    images

    दसैँका अवसरमा, असोज ६ गते घटस्थापना र असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म बैंक बिदा रहनेछ। तिहारको दौरान पनि कात्तिक ३ गते लक्ष्मीपूजादेखि कात्तिक ७ गते भाइटिका सम्म बिदा रहनेछन्।यस वर्ष पनि प्रत्येक शनिबार बैंक बिदा हुनेछ भने शुक्रवार भने आधा दिनको बिदा हुनेछ। थप रूपमा, प्रदेश सरकारले आफ्नो प्रदेशमा घोषणा गरेको बिदा अनुसार एक वर्षमा अधिकतम ६ दिनसम्म सार्वजनिक बिदा हुनेछ, जसको असर सम्बन्धित प्रदेशका कार्यालयमा मात्र हुनेछ।

    नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि बैंकिङ र कार्यालय समय पनि निर्धारण गरेको छ। २०८२ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजे देखि अपराह्न ५ बजे सम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म रहनेछ। प्रत्येक शुक्रवार कार्यालय समय बिहान १० बजे देखि १स्३० बजेसम्म हुनेछ।

    images
    images

    बैंकिङ समय पनि नयाँ तालिकाअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ समय बिहान १० बजे देखि अपराह्न ३ बजे सम्म हुनेछ। प्रत्येक शुक्रवार बैंकिङ समय बिहान १० बजे देखि मध्याह्न १२:३० बजेसम्म रहनेछ।

    download

    download (1)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend