images

२०८३ आश्विन २८ गते

images
images
images

राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरुसँग प्रस्ताव माग गरेको छ । 

    images
    images

    राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ९२ करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा १७ करोड २५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ५ करोड ७५ लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ । 

    राष्ट्र बैंकले चैत १२ गते देखि लागू हुनेगरी २०८२  चैत ९ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित चैत ५ गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।

    images
    images

    बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कर्जा सापटीको ८ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको, अघिल्लो आर्थिक वर्षको सञ्चालन मुनाफामा रहेको, सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी भएको लगायतका शर्तहरु तोकिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend