images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • प्रभु बैंक गण्डकी प्रदेशद्वारा वित्तीय साक्षरता...

प्रभु बैंक गण्डकी प्रदेशद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

प्रभु बैंक गण्डकी प्रदेशद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । घरपझोङ्ग गाउँपालिका मुस्ताङ प्रभु बैंक गण्डकी प्रदेशले आज चैत २ गतेको दिन घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु हो ।

    images
    images

    यस कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, प्रभु बैंकका अधिकारीहरू, अन्य विशिष्ट व्यक्तिहरू र १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।

    गभर्नर महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै डिजिटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्नका उपायहरूको बारेमा जानकारी दिए । उनले भने, डिजिटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेकपूर्ण निर्णयहरू लिनुपर्ने आवश्यकता छ।

    images
    images

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत् छलफल गरे। कार्यक्रममा प्रभु बैंकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजिटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका थिए ।

    घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले यस कार्यक्रमको स्वागत गर्दै भने, हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण छ। यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ।प्रभु बैंकको यस पहललाई स्थानीय समुदायले स्वागत गर्दै, कार्यक्रमको समयमा धेरै प्रशंसा व्यक्त गरे र यस किसिमको कार्यक्रममा आगामी दिनमा पनि सहभागी हुने आशा व्यक्त गरे । प्रभु बैंक गण्डकी प्रदेशले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजिटल वित्तीय सेवामा सचेत र सुरक्षित बनाउने आफ्नो प्रतिबद्धता देखाउँदै यो कार्यक्रमको आयोजना गरेको हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend