images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • बैंकहरूको गैरबैंकिङ सम्पत्तिमा उलेख्य वृद्धि, कुन...

बैंकहरूको गैरबैंकिङ सम्पत्तिमा उलेख्य वृद्धि, कुन बैंकको कति ?

बैंकहरूको गैरबैंकिङ सम्पत्तिमा उलेख्य वृद्धि, कुन बैंकको कति ?

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा बैंक र वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, माघ मसान्तसम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ७९.८९ प्रतिशतले वृद्धि भएर ३५ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो रकम १९ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ थियो।

    images
    images

    गैरबैंकिङ सम्पत्ति बढी हुने वाणिज्य बैंकहरू मध्ये ग्लोबल आइएमई बैंक पहिलो स्थानमा रहेको छ। यस बैंकको गैरबैंकिङ सम्पत्ति १६८ प्रतिशतले वृद्धि भएर ५ अर्ब ८६ करोड १८ लाख रुपैयाँ पुगेको हो। गत वर्षको सोही अवधिमा यो रकम २ अर्ब १८ करोड १६ लाख रुपैयाँ थियो।समिक्षा अवधिमा गैरबैंकिङ सम्पत्ति धेरै हुने दोस्रो स्थानमा रहेको हिमालयन बैंक रहेको छ । बैंकको अर्ब ४८ करोड ७२ लाख रुपैयाँको गैरबैंकिङ सम्पत्ति रहेको छ । 

    त्यस्तै एनआईसी एशिया बैंकको ४ अर्ब ११ करोड, नबिल बैंकको ३ अर्ब ६६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब १० करोड, कुमारी बैंकको २ अर्ब ६५ करोड र प्राइम बैंकको २ अर्ब २ करोड गैरबैंकिङ सम्पत्ति रहेको छ ।चालु आर्थिक वर्षको माघ मसान्तसम्म, लक्ष्मी सनराइज बैंकको गैरबैंकिङ सम्पत्ति १३ प्रतिशतले वृद्धि भएर १ अर्ब ६० करोड पुगेको छ। प्रभु बैंकको सम्पत्ति १२९ प्रतिशतले बढेर १ अर्ब २५ करोड, एनएमबि बैंकको ४५ प्रतिशतले बढेर १ अर्ब १५ करोड, सिटिजन्स बैंकको २५१ प्रतिशतले बढेर १ अर्ब ५ करोड र कृषि विकास बैंकको ३०३ प्रतिशतले बढेर १ अर्ब १ करोड पुगेको छ।यस्तै, अन्य ७ बैंकहरूको गैरबैंकिङ सम्पत्ति १ अर्ब तल रहेको छ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend