images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीमा अधिक तरलता,बजारबाट फेरि ४०...

बैंकिङ प्रणालीमा अधिक तरलता,बजारबाट फेरि ४० अर्ब झिक्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता,बजारबाट फेरि ४० अर्ब झिक्दै राष्ट्र बैंक

images
images
आइतवार, चैत्र ३ २०८१
आइतवार, चैत्र ३ २०८१
  • काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आइतबार फेरि ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता धेरै भएपछि व्यवस्थापनका लागि राष्ट बैंकले सातामा दुई दिन आइतबार र बुधबार लगातार बजारबाट पैसा झिकिरहेको छ ।

    images
    images

    अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत् राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । निक्षेप संकलन मार्फत राष्ट्र बैंकमा पैसा राख्नका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ ।यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आहृवान गरेको छ । घटीमा १ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend