images

२०८३ आश्विन २९ गते

images
images
images

निलम र अशोक बीच गभर्नरका लागि प्रतिस्पर्धा हुने संभावना

निलम र अशोक बीच गभर्नरका लागि प्रतिस्पर्धा हुने संभावना

images
images
शनिवार, चैत्र २ २०८१
शनिवार, चैत्र २ २०८१
  • काठमाडौँः नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका लागि उमेदवारहरु छाटिन थालेका छन् । सरकारले गभर्नरका लागि नाम सिफारिस समितिलाई पूर्णता दिउञ्जेल सम्ममा मूल रुपमा दुई नाम प्रतिस्पर्धामा देखिएका छन् ।

    images
    images

    नेपाल राष्ट्र बैंककै बरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिना र प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन अब मुख्य प्रतिस्पर्धामा देखिएका छन् ।

    यसअघि करीद दुई दर्जन उमेदवारहरुको भीड देखिएको थियो । तर समय निकट हुँदै जाँदा उमेदवारहरु पनि थिग्रिन थालेको देखिएको छ ।

    images
    images

    डा. निलम नेकपा एमाले निकट छिन् । तर उनको माइतिको परिवार भने कांग्रेस निकट छ । त्यसैले उनलाई अहिलेको गठबन्धन सरकारको ‘साझा उमेदवार’का रुपमा हेरिन थालेको छ । त्यसमाथि केही व्यावसायिक समूहले पनि उनको पक्षमा ‘लबिङ’ गरिरहेको भनेर खबरहरु आएका छन् ।

    उनी नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सकिन् भने सात दशकको केन्द्रिय बैंकको गभर्नर पदमा पहिलो पल्ट कुनै महिला आसिन हुने छिन् । अहिले संसारका १८५ केन्द्रिय बैंकमध्ये कम्तिमा २१ केन्द्रिय बैंकको गभर्नर महिला छन् ।

    अर्का उमेदवार अशोक शेरचन भने २०७५ माघदेखि प्रभू बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । मूल रुपमा एमाले पार्टिसँग निकट भए पनि माओबादी सँग समेत उनको उस्तै राम्रो सम्बन्ध छ । उनी माओबादी नेता अमीक शेरचनको भतिज हुन् । पूर्व अर्थमन्त्री वर्षमान पुन सँग पनि उनको निकटता राम्रै मानिन्छ ।

    अहिलेसम्म आउँदा यी दुई उमेदवारहरु मुख्य प्रतिस्पर्धामा देखिएका छन् । हामीले कुराकानी गरेका अनेकौँ समाचार सूत्रहरुले उनीहरुलाई अझै पनि प्रतिस्पर्धाको केन्द्रमा राखेको छ । तर आकांक्षिहरु यस बाहेक अरु पनि छन् ।

    अहिले कृषि विकास बैंकको सीईओ गोविन्द गुरुङ पनि यो दौडमा लागिरहेका छन् । लमजुङका गुरुङ एमाले उपमहासचिव एवम् वर्तमान सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ सँग निकट छन् ।

    नेपाल बैंकर्स संघका अध्यक्ष एवम् माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला पनि दौडमा थिए । भोजपुरबाट झापा झरेका कोइराला ‘खानदानी कांग्रेस’ हुन् । उनी नेपाली कांग्रेस नेता विश्वप्रकाश शर्मा सँग निकट छन् । उनका काका ससुरा ईश्वर पोखरेल एमालेका बरिष्ठ उपाध्यक्ष हुन् । त्यसैले उनी पनि ‘साझा उमेदवार’ बन्ने कोसिस मै थिए ।

    बैंकर्स संघका पूर्व अध्यक्ष एवम् नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको पनि चर्चा त भएको थियो, तर अहिले प्रतिस्पर्धामा उनको नाम अलि कम सुनिन थालेको छ । उनलाई बजारले कांग्रेसको उमेदवार भन्दा पनि ‘विनोद चौधरीको उमेदवार’का रुपमा बढी हेरिएको समाचार स्रोतहरुले भनेका छन् ।

    राष्ट्र बैंककै डेपुटी गभर्नर बम बहादुर मिश्र, कार्यकारी निर्देशकहरु डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठ तथा राष्ट्र बैंकका सञ्चालक एवम् पूर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्चालक गजेन्द्र बिष्ट, राष्ट्रिय बाणिज्य बैंकका पूर्व सीईओ किरण कुमार श्रेष्ठ लगायत पनि दौडमा देखिएका थिए ।

    अहिले यी अधिकांश उमेदवारहरु छायाँमा परेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend