images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • आईटिसि ब्युटी पार्लर ट्रेनिङ सेन्टर र...

आईटिसि ब्युटी पार्लर ट्रेनिङ सेन्टर र हिमालयन ब्रोकरेज कम्पनीबीच सम्झौता

आईटिसि ब्युटी पार्लर ट्रेनिङ सेन्टर र हिमालयन ब्रोकरेज कम्पनीबीच सम्झौता

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • काठमाडौं ।  हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड र आईटिसि ब्युटी पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम ब्युटी क्लिनिक)बीच सम्झौता भएको छ। उक्त सम्झौताले ब्रोकर सम्बन्धी कार्यलाई गाउँगाउँसम्म विस्तार गर्ने लक्ष्य राखेको छ। 

    images
    images

    सम्झौतापत्रमा हिमालयन ब्रोकरेज कम्पनीका सहायक महाप्रवन्धक श्री रामचन्द्र रिमाल र आईटिसि ब्युटी सेन्टरका संस्थापक श्री शोभा अर्यालले हस्ताक्षर गरेका छन्।सम्झौताअनुसार, आईटिसि ब्युटी पार्लर ट्रेनिङ सेन्टर (ब्लोशम ब्युटी क्लिनिक) का ग्राहकहरूलाई हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोल्दा ५० प्रतिशतसम्म छुट दिइने छ।

    साथै, हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडमा डिम्याट खाता खोलेका ग्राहकहरूलाई ब्युटी सम्बन्धी कोर्स र पार्लर सेवामा ३० प्रतिशतसम्म छुट प्राप्त हुनेछ। हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले २०८० सालको माघ महिनामा नेपाल धितोपत्र बोर्डबाट सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको अनुमति प्राप्त गरेको हो। कम्पनीले काठमाडौँको पिपलबोट डिल्लीबजार स्थित केएल कम्प्लेक्सबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images

    आईटिसि ब्युटी पार्लर ट्रेनिङ सेन्टरले काठमाडौंका अतिरिक्त चितवन, बुटवल, दाङ, पोखरा र ईटहरीमा समेत शाखा कार्यालय खोलेर सेवा विस्तार गर्दै आएको जानकारी दिइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend