काठमाडौंः ३० फागुन, चैत महिनाका लागि एक दर्जन वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।
एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर भने बढाएको छ । कु प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ । सो बैंकले चैत देखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८.५४८ प्रतिशत छ ।
बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनको दरलाई निरन्तरता दिएका छन् भने बाँकी अरु १७ बैंकले घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।
माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशत सम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसिया बाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशत भन्दा तल झरेको छन ।
बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदर बीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकले लिने सबै प्रकारका निक्षेपको ब्याजदर घटे पछि समग्रमा आधार दर नै घट्न जान्छ र कर्जाको ब्याजदर पनि घट्छ ।
ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दति निक्षेप नवीकण नगर्ने र बचतमा पैसा राख्दा बैंकहरूको मुद्दति निक्षेपको हिस्सा घटेर बचतको बढ्न लागेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कर्जा चाहेजति जान नसकेको र अधिकतम तरलता भएकोले ब्याजदर घट्दो क्रममा नै रहेको बताउँछन् । ‘निक्षेप बढीरहेको छ, कर्जा सो अनुसार प्रवाह भइरहेको छैन, यस्तोमा ब्याजदर घट्नै नै देखिन्छ ।
कुन बैंकको ब्याजदर कति ?
|
बैंक |
फागुनको ब्याजदर |
चैतको ब्याजदर |
|
कृषि विकास |
६.४४३ |
५.६६ |
|
एभरेष्ट |
८ |
६.५ |
|
नेपाल |
७.२५ |
७ |
|
लक्ष्मी सनराइज |
८ |
७.५ |
|
माछापुच्छ्रे |
८ |
७.७५ |
|
एनआईसी एसिया |
८ |
८.५४८ |
|
प्रभु |
७.५ |
७.५ |
|
स्टान्डर्ड चार्टर्ड |
७.३५ |
७ |
|
राष्ट्रिय वाणिज्य |
७.३५ |
७ |
|
नबिल |
७.७५ |
७.२५ |
|
ग्लोबल आईएमई |
७.६ |
७.६ |
|
सिद्धार्थ |
८ |
७.५ |
|
प्राइम कमर्सियल |
७.४ |
७.२५ |
|
कुमारी |
८.०१ |
७.५१ |
|
सानिमा |
७.५१ |
७.२५ |
|
हिमालयन |
८.१५ |
७.५ |
|
नेपाल एसबीआई |
८.१ |
७.०१ |
|
नेपाल इन्भेष्टमेन्ट |
८ |
७ |
|
एनएमबी |
८.५ |
७ |
|
सिटिजन्स |
८.२५ |
७.७५ |




.gif)





