images

२०८३ आश्विन २९ गते

images
images
images

बेलायतसहित यी ६ मध्ये एक देशमा छापिनेछ नेपाली नोट

बेलायतसहित यी ६ मध्ये एक देशमा छापिनेछ नेपाली नोट

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले नोट छपाइको खरिद सेवाको लागि पूर्वयोग्यताको आवेदन माग गरेकोमा ६ कम्पनी मात्रै योग्य देखिएका छन् । आगामी चरणमा नेपाली नोट छपाइको लागि एक चिनियाँ सहित ६ कम्पनी योग्य देखिएको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    नेपाली नोट छपाईको आगामी चरणको लागि १० जनावरी २०२५ मा सूचना प्रकाशित गर्दै आवेदन आह्वान गरेको थियो । नोटको डिजाई, प्रिन्टिङ सप्लाई र डलीभरीको लागि खरिद प्रस्ताव आह्वान गरेकोमा आवेदन दिएकामध्ये ६ कम्पनी पूर्व योग्यताको लागि आवेदन पेश गर्नेमध्ये ६ वटा कम्पनी मात्रै योग्य भएको केन्द्रिय बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले तोकेको पुर्व योग्यता पुरा गरेका ६ कम्पनीले राष्ट्र बैंकले नोट छपाईका लागि खरिद प्रस्ताव आह्वान गर्दा प्रतिस्पर्धा गर्न पाउनेछन् । तिमध्ये एक कम्पनीले राष्ट्र बैंकले खरिद प्रस्ताव आह्वान गर्दा नोट छपाईको जिम्मेवारी पाउनेछन् ।आवेदन दिएकामध्ये नोट छपाईको लागि राष्ट्र बैंकले तोकेको पुर्व योग्यता पुरा गर्ने कम्पनीमा चिनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् रहेका छन् ।आगामी चरणको लागि यी ६ कम्पनीहरु मात्रै नेपाली नोट छपाई लागि योग्य हुनेछन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend