images

२०८३ आश्विन २८ गते

images
images
images

चैत ११ गते एक्सेल डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारण सभा

चैत ११ गते एक्सेल डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारण सभा

images
images
बुधवार, फाल्गुण २८ २०८१
बुधवार, फाल्गुण २८ २०८१
  • काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आगामी चैत ११ गते आफ्नो वार्षिक साधारण सभा बोलाएको छ। सभामा बैंकले कुनै पनि लाभांश वितरणको प्रस्ताव पेस नगर्ने निर्णय गरेको छ। 

    images
    images

    यसअघि नै बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने कुरा सार्वजनिक गरेको थियो। साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरिनेछ। साथै, आगामी आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा पनि राखिएको छ।

    त्यस्तै, बैंकले अन्य बैंक र वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत प्रस्तुत गर्नेछ।

    images
    images

    साधारण सभा प्रयोजनका लागि बैंकले बिहीबार, फागुन २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका अनुसार, आज बुधवार, फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन सक्नेछन्।सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे सुरु हुनेछ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend