images

२०८३ आश्विन १५ गते

images
images
images
  • बैंक वित्त
  • मुक्तिनाथ विकास बैंकद्वारा वृहत वित्तीय साक्षरता...

मुक्तिनाथ विकास बैंकद्वारा वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकद्वारा वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । “साक्षर बनौं, सक्षम बनौं” भन्ने मूल नारालाई आत्मसात् गर्दै मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत फागुन महिनामा सातवटै प्रदेशका विभिन्न स्थानमा रहेका जनसमुदायलाई लक्षित गरी वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    images
    images

    यो कार्यक्रम विशेष गरी किसान, उद्यमी, महिला र युवाहरूलाई लक्षित गरेर आयोजना गरिएको थियो। कार्यक्रममा व्यावसायिक योजना निर्माण, बजार सम्भावना, बजार व्यवस्थापन रणनीति, व्यक्तिगत र पारिवारिक बजेट, आम्दानी र खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा व्यवस्थापन, बीमा, विप्रेषण, डिजिटल बैंकिङ सेवा, डिजिटल माध्यमबाट हुन सक्ने रकम अपचलन र ग्राहक अधिकारजस्ता विषयहरू समेटिएका थिए।

    कार्यक्रममा सहभागी व्यक्तिहरूले यस्ता कार्यक्रमले आफ्ना मनमा रहेका अन्योल हटाउन सहयोग गर्ने र भविष्यमा आइपर्ने जोखिमहरूको समयमै व्यवस्थापन गर्न सजिलो हुने विचार व्यक्त गरेका थिए। बैंकले आर्थिक र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै विगतमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएको छ। यस्ता कार्यक्रमले बैंक तथा वित्तीय संस्थाहरूप्रति जनमानसमा रहेको नकारात्मक धारणा हट्ने र वास्तविक जानकारी जनसमुदायसम्म पुग्ने भएकाले यसको सकारात्मक प्रभाव रहने बैंकको विश्वास छ। यसैबीच, बैंकले हालै “मोबाइल एक, फाइदा अनेक” सुविधा भएको मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ। 

    images
    images

    साथै, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा गर्नेजस्ता सेवाहरू बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend