images

२०८३ आश्विन १५ गते

images
images
images
  • शिक्षा
  • पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार विद्यार्थी दीक्षित...

पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार विद्यार्थी दीक्षित हुँदै

पूर्वाञ्चल विश्वविद्यालयका आठ हजार विद्यार्थी दीक्षित हुँदै

images
images
मंगलवार, फाल्गुण २७ २०८१
मंगलवार, फाल्गुण २७ २०८१
  • मोरङ । पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह आज हुँदै छ। 

    images
    images

     दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित हुने सो विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउँदै छन्। 

    सूचना अधिकारी अधिकारीका अनुसार कला सङ्कायतर्फ २०४, कानुनतर्फ ४९७, शिक्षाशास्त्र सङ्कायतर्फ ९०६, व्यवस्थापन सङ्कायतर्फ दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायतर्फ दुई हजार१९८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ  ६५४ तथा इन्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्थी दीक्षित हुने छन्।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend