images

२०८३ आश्विन २९ गते

images
images
images

सात महिनामा वाणिज्य बैंकहरुले कमाए ३६ अर्बभन्दा धेरै नाफा, कुन बैंकको कति ?

सात महिनामा वाणिज्य बैंकहरुले कमाए ३६ अर्बभन्दा धेरै नाफा, कुन बैंकको कति ?

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.६२ प्रतिशतले बढेको हो। गत वर्षको माघ मसान्तसम्म बैंकहरूले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए।

    images
    images

    वाणिज्य बैंकहरुमध्ये नबिल बैंक सबैभन्दा बढी नाफा कमाउने बैंकको रूपमा देखा परेको छ। यस बैंकले ७ महिनामा ४ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। त्यस्तै, ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड र नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ४३ करोड रुपैयाँ नाफा कमाएका छन्। 

    साथै, नेपाल बैंकको नाफामा भने सबैभन्दा आकर्षक सुधार आएको छ। यसले १५६.३१ प्रतिशतको वृद्धि देखाएको छ। एनआइसी एसिया बैंक भने ४६ करोड ४७ लाख रुपैयाँ मात्र नाफा आर्जन गर्न सफल भएको छ। सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकका नाफा १ अर्ब भन्दा तल रहेका छन्।

    images
    images

    यस अवधिमा ११ वटा बैंकहरूको नाफा घटेपनि ९ वटा बैंकहरूको नाफामा वृद्धि भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend