images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • ७५.०३ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा,...

७५.०३ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

७५.०३ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा, अन्य सूचक कस्तो ?

images
images
बिहिवार, श्रावण १० २०८१
बिहिवार, श्रावण १० २०८१
  • काठमाडौँ । आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्म सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार एक बर्षमा कम्पनीले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । 

    यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    images
    images

    यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८ दशमलव १९ प्रतिशतले बढेको छ । अन्य सञ्चालन आम्दानी ८१ दशमलव ९४ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत र सञ्चालन मुनाफा १९४.३८ प्रतिशतले बढेको छ।

    १० करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित रहेको छ। असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २६ करोड सापटी र ३४ करोड निक्षेपबाट कुल १ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८५ पैसाले बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend