images

२०८३ आश्विन २९ गते

images
images
images

बैंकिङ निक्षेप एकैदिन ५ अर्बले बढ्यो , कर्जा लगानी कति ?

बैंकिङ निक्षेप एकैदिन ५ अर्बले बढ्यो , कर्जा लगानी कति ?

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । बैंकको निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ। फागुन २० गते र २१  गतेको केन्द्रीय बैंककाे तथ्यांकले बैंकिङ निक्षेप बढेको देखाएको हो ।

    images
    images

    फागुन २० गते ६७ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समय वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि पाँच अर्बकै वृद्धि देखिएको छ । 

    २० गते ६० अर्ब १५ रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले भाेलिपल्ट ६० खर्ब २० अर्ब रुपैयाँ संकलन गरेका छन् ।  समीक्षा अवधिमा कर्जा प्रवाहमा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन ५४ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट बढेर ५४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

    images
    images

    वाणिज्य बैंकहरूबाट अघिल्लो ४८ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह २१ गते ४८ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९.५४ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend