images

२०८३ आश्विन १६ गते

images
images
images
  • कृषि
  • गोरखा जिल्लामा यस वर्ष दश करोडको...

गोरखा जिल्लामा यस वर्ष दश करोडको सुन्तला बिक्री

गोरखा जिल्लामा यस वर्ष दश करोडको सुन्तला बिक्री

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • सुलीकोट  । गोरखा जिल्लामा यस वर्ष सुन्तला बिक्रीबाट १० करोड रुपियाँको कारोबार भएको छ । यस वर्ष गत वर्षकाेभन्दा पनि कम सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला उत्पादनबाट गोरखामा १३ करोड ५० लाख रुपियाँको कारोबार भएको थियो भने यो वर्ष घटेर १० करोड रुपियाँको कारोबार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ गोरखाका प्रमुख पूर्ण ढुङ्गानाले जानकारी दिनुभयो । 

    images
    images

    यस वर्ष गोरखामा सुन्तला उत्पादन घट्नुको विविध कारण छ, कार्यालय प्रमुख ढुङ्गानाले भन्नुभयो, एक बोटमा लाग्ने रोग त भइहाल्यो, पशुपालन व्यवसाय घट्दै गयो, “अर्को गाईबस्तुको मल पाइन छोड्यो, ब्रिनिङ रोगका कारण सुन्तला उत्पादन घट्यो भने हिउँदमा खडेरी परेका कारणले पनि सिँचाइको अभावले पनि यो साल उत्पादन घटेको हो ।”

    किसानले यस वर्र्ष सुन्तला उत्पादनमा कमी आए तापनि बजार भाउ भने राम्रो पाएका छन् । यस वर्ष किसानले ठेकदारलाई नदिई आफैँ गोरखा, पोखरा, चितवन र काठमाडौंमा लगेर बिक्री गरिएकाले पनि किसानले ९० देखि १५० रुपियाँसम्म बिक्री गर्दा राम्रो मूल्य पाएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यालयका प्रमुख ढुङ्गानाको भनाइ छ । 

    images
    images

    गत वर्ष २३ सय मेट्रिकटन सुन्तला उत्पादन भएकोमा यस वर्ष १८ सय मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । कार्यालयले सुन्तला उत्पादन बढाउनका लागि पुरानो बगैंचा व्यवस्थापन कार्यक्रम लागु गर्दै आएको छ । जस अन्तर्गत सूक्ष्म तत्व, रोगनाशक विषादी, प्राङ्गारिक मललगायतमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख ढुङ्गानाले बताउनुभयो ।  

    जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने शहिदलखन गाउँपालिका २,४,५ र ६ नम्बर वडामा झण्डै एक हजार हेक्टर जमिनमा सुन्तला खेती हुन्छ । त्यसबाहेक गोरखा नगरपालिकाको १,३,४ र ५ वडा, गण्डकी गाउँपालिकाको २,४ र ६ नम्बर वडा, भीमसेन थापा गाउँपालिकाको ६ र ३ नम्बर वडा, र पालुङटार नगरपालिकाको ९ र १० नम्बर वडा सबै गरी १२ सय हेक्टर जमिनमा सुन्तला खेती उत्पादन गरिन्छ । चक्लाबन्दी कार्यक्रमलाई पनि कार्यालयले निरन्तरता दिएको छ । चक्लाबन्दी गरेर बिरूवा सार्ने, खाल्डोमा मल हाली क्षेत्र विस्तार गर्ने किसानलाई कार्यालयले ८५ प्रतिशत अनुदानमा सुन्तला लगाएको ठाउँमा जोत्न वा खेती गर्न हाते ट्याक्टर, हाँगा काट्ने आरी, फल टिप्ने भर्‍याङ र ढुवानीका लागि जम्मा गर्ने क्रेट ८५ प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको ढुङ्गानाले बताउनुभयो । 

    शहिद लखन गाउँपालिका –४ सुन्तला खेती गर्दै आउनुभएका किसान ध्रुव खनालले भन्नुभयो,  “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखाले समयमै आवश्यक दक्ष प्राविधिक उपलब्ध गराई मल र सिंचाइ गर्ने वातावरण उपलब्ध गराउने हो भने पनि सुन्तला उत्पादनमा वृद्धि हुनेछ ।”

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend