काठमाडौं । माछापुच्छ्रे बैंकमा रोजगारीको अवसर खुलेको छ।बैंकमा एसिस्टेन्ट–सुपरभाइजर, एसिस्टेन्ट–सुपरभाइजर/म्यानेजमेन्ट ट्रेनी र अफिसर पदको लागि रोजगारीको अवसर खुलेको हो।
इच्छुकले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।एसिस्टेन्ट–सुपरभाइजर पदमा आवेदन दिने इच्छुकले क्यापिटल मार्केट/मर्चेन्ट बैंकिङ विभागमा दुई वर्ष काम गरेको अनुभव हुनु पर्नेछ।
यस्तै, एसिस्टेन्ट–सुपरभाइजर/म्यानेजमेन्ट ट्रेनीसँग सम्बधित कामको दुई वर्षको कार्यअनुभव र अफिसरसँग तीन वर्षको कार्यअनुभव भएको हुनु पर्नेछ।
अफिसको उमेर ४० वर्ष ननाघेको र एसिस्टन्स र सुपरभाइजरको उमेर ३५ वर्ष ननाघेको हुनु पर्नेछ। इच्छुकले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्।




.gif)





