images

२०८३ आश्विन २९ गते

images
images
images

धनगढीमा कामना सेवा विकास बैंकद्वारा बैंकिङ एण्ड विजनेस कन्क्लेभ सम्पन्न

धनगढीमा कामना सेवा विकास बैंकद्वारा बैंकिङ एण्ड विजनेस कन्क्लेभ सम्पन्न

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंकले शुक्रवार कैलाली उद्योग वाणिज्य संघ अन्तर्गतका धनगढी स्थित उद्योगी व्यवसायीहरू बीच बैंकिङ एण्ड विजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ ।

    images
    images

    पछिल्लो समयमा व्यवसायी र बैंक विच रहेको दुरी घटाउने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा धनगढीका करिव १२० भन्दा वढि व्यवसायीहरुको सहभागिता रहेको थियो । पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले उक्त कार्यक्रमको मध्यस्थता गरेका थिए भने उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका उपनिर्देशक हरिशचन्द्र ढकाल, कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए उमेश राज पाण्डेय र कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा वक्ताको रुपमा रहेका थिए । 

    उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिशचन्द्र ढकालले आर्थिक स्थायित्व, दिगो विकास र आर्थिक समुन्नतिको लागि दीर्घकाललाई सोचेर नेपाल राष्ट्र बैंकले आफ्ना नीति नियमहरू तय गर्ने तथा बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिने गरेको बताए । व्यवसायीहरूका गुनासालाई सम्बोधन गर्दै उपनिर्देशक ढकालले बैंक तथा वित्तीय संस्थाहरूसँगका केही गुनासाहरू भएमा नेपाल राष्ट्र बैंक समक्ष समेत गुनासा राख्न सकिने बताए । 

    images
    images

    एफसिए उमेश राज पाण्डेयले आर्थिक चक्रका हरेक चरणहरूमा बैंक र व्यवसायीहरू बीच संचालन गर्दा बैंक र व्यवसायीहरू बीचको सम्बन्ध सुधार हुने बताए । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले अहिलेको अवस्थामा व्यवसायीहरूसँग छलफल गर्नको लागि बैंकहरुलाई अनुरोध गर्दा नमान्ने गरेको तर कामना सेवा विकास बैंकले यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै कोरोनाको अवस्थाबाट व्यवसायीहरू उठ्न नसकेको हुँदा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायीलाई राहत हुने खालका योजनामा जोड दिन अनुरोध गरे । 

    साथै नियमनकारी निकायका विभिन्न नीतिहरूले व्यवसायीहरू थप आक्रान्त वनेको तथा व्यवसायबाट पलायन हुन सक्ने भएकोले बैंकहरुले साना तथा मझौला व्यवसायीहरूलाई संरक्षण गर्नुपर्ने जिकिर गरे । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरु अग्रसर हुँदा व्यवसायीहरूलाई असहज महसुस भएता पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताउँदै कामना सेवा विकास बैंकले व्यवसायीहरूका पिर मर्का बुझ्दै बैंकको कारोबार अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे । 

    उक्त कार्यक्रममा निर्माण व्यवसायी लक्ष्मण स्वार र किशोर ठकुराठी, सुनचाँदी व्यवसायी जगत सिजापती र कमल प्रसाद लामिछाने, यातायात व्यवसायी अनन्त राज जोशी, स्वास्थ्य तथा कृषी व्यवसायी विष्णु वुर्लाकोटी, ग्यास व्यवसायी छवी राज भट्ट लगायतले नियमनकारी निकायको कडाई, कोभिड १९ पश्चातको कर्जा विस्तार, युवा जनशक्तिको विदेश पलायन लगायतका कारणले उत्पादनमा आएको गिरावट तथा व्यवसायमा आएको मन्दीले गर्दा व्यवसायीहरू पलायन हुन सक्ने भएकोले नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्थाहरूले सो विषयमा ध्यान दिनुपर्ने बताए। बैंकले हालै मात्र चितवनका व्यवसायीहरू बीच समेत यस्तै किसिमको कन्क्लेभ आयोजना गरेको थियो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend