images

२०८३ आश्विन २९ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २०...

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २० करोड लगानी गर्नेः ब्याजदर प्रस्तावको आह्वान

राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २० करोड लगानी गर्नेः ब्याजदर प्रस्तावको आह्वान

images
images
शनिवार, फाल्गुण २४ २०८१
शनिवार, फाल्गुण २४ २०८१
  • काठमाडौंः नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २० करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।

    images
    images

    राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। केन्द्रीय बैंकले कुल रकम मध्ये १६ करोड रुपैयाँ वाणिज्य बैंकमा, ३ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १ करोड रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

    इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जस अनुसार बैंक तथा वित्तीय संस्थाले फागुन २६ गते सम्म ब्याजदर प्रस्ताव गर्नु पर्नेछ।

    images
    images

    यो मुद्दति निक्षेप २०८१ चैत २६ गते देखि २०८२ चैत ३ गते सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend