images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट, यसरी...

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

images
images
शुक्रवार, फाल्गुण २३ २०८१
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौं ।  नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ।बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यलयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले सेयर पाएका छन्।

    images
    images

    उक्त आइपिओमा कुल १८ लाख १७ हजार १४८ आवेदकले २ करोड २४ लाख ४६ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए। ती आवेदनमध्ये १० हजार ३८६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ। 

    कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो। 

    images
    images

    सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ। यस्तै, कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। 

    बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो।लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend