images

२०८३ कार्तिक ६ गते

images
images
images

ऋणको पुनसंरचनापछि श्रीलंकाको ब्याजदरमा गिरावट

ऋणको पुनसंरचनापछि श्रीलंकाको ब्याजदरमा गिरावट

images
images
अर्थ समाचार
बुधवार, श्रावण ९ २०८१
अर्थ समाचार
बुधवार, श्रावण ९ २०८१
  • कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकले बुधबार ब्याज दरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनसंरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको हो ।  

    images
    images

    श्रीलंकाको केन्द्रीय बैंकले मुद्रास्फीति अनुकूल वातावरणमा मौद्रिक नीति सहज बनाउनका लागि ऋण तथा निक्षेप दुवै दर २५ आधार अंकले घटाएको जनाएको छ ।

    श्रीलंकाले सामना गरिरहेको विदेशी मुद्रा सङ्कटको चरम अवस्थामा सन् २०२२ सेप्टेम्बरमा ७० प्रतिशतको उच्च मुद्रा स्फीतिको तुलनामा जूनसम्ममा मुद्रास्फीति १.७ प्रतिशतमा सीमित भएको छ ।

    images
    images

    केन्द्रीय  बैंकले कठिन परिस्थितिमा आर्थिक गतिविधिको पुनरुत्थानसहित निरन्तरता दिँदै सहज मौद्रिक अवस्था जारी राख्न ब्याजदर  घटाएको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।  

    बैंकका अनुसार बुधबारको ब्याजदर कटौती मार्चमा ५० आधार बिन्दु कटौतीपछि आएको हो ।

    सन् २०२२ को बाह्य ऋणको पुनः संरचना गर्ने अन्तिम चरणमा सरकारले यस महिनाको सुरुमा अन्तर्राष्ट्रिय निकायसँग पुनः भुक्तान सम्झौतालाई अन्तिम रूप दिएको थियो । 

    गत वर्षको दोस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा सुधार आको बैंकले जनाएको छ । यसैगरी वर्षको पहिलो तीन महिनामा ५।४ प्रतिशतले आर्थिक वृद्धि भएको र दोस्रो त्रैमासिकमा बलियो विस्तार भएको जानकारी बैंकले दिएको छ ।

    सन् २०२२ भएको ७.३ प्रतिशतको ब्याज दर वृद्धिको रेकर्डपछि गत वर्ष अर्थतन्त्र २.३ प्रतिशतले सङ्कुचित भएको थियो । महिनौँको विरोध प्रदर्शनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई राजीनामा दिन बाध्य तुल्याएको थियो । 

    उहाँका उत्तराधिकारी रनिल विक्रमसिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २.९  अर्ब डलरको सहयोग प्राप्त गरेपछि राजस्व बढाउन कर दोब्बर, उदार ऊर्जा अनुदान कटौती र आवश्यक वस्तुहरूको मूल्य बढाएका थिए । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend