images

२०८३ आश्विन २४ गते

images
images
images
  • बजार
  • सिजनमा बजारमा पाइन थाल्यो कोइरालो,...

सिजनमा बजारमा पाइन थाल्यो कोइरालो, कति पर्छ किलोको?

सिजनमा बजारमा पाइन थाल्यो कोइरालो, कति पर्छ किलोको?

images
images
बुधवार, फाल्गुण २१ २०८१
बुधवार, फाल्गुण २१ २०८१
  • काठमाडौँ । बजारमा कोइरालो आउन पाइन थालेको छ।भर्खरैदेखि बजारमा कोइरालो आउन थालेको हो।

    images
    images

    नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ, काठमाडौंका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेका अनुसार कालीमाटी बजारमा कोइरालो आउन थालेको एक साता भयो।

    कोइरालोको मुख्य सिजन चैत हो। कोइरालो विशेषगरी धादिङको धुनेबेशी नगरपालिकाको जीवनपुर, केबलपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट आउने गरेको छ। 

    images
    images

    कालीमाटी बजारको तथ्यांक हेर्दा बुधबार कोइरालो प्रति थोक मूल्य पाँच सयदेखि पाँच सय ५० रूपैयाँसम्ममा कारोबार भएको छ।सिजन सुरू भएसँगै कोइरालोको मूल्य घट्ने घिमिरे बताउँछन्। 

    'अहिले भर्खरै आउन थालेको महँगो भएको हो,' उनले भने, 'चैत लागेपछि कोइरालोको मूल्य घट्छ।' उनका अनुसार कोइराको चैत महिनाभरी आउने छ। कोइरालो ओइलाउने र बिग्रिहाल्ने भएकाले धेरै समय राख्न सकिँदैन। 

    सिजनमा कोइरालो प्रतिकिलो एक सय रूपैयाँसम्म पाइने उनी बताउँछन्। कोइरालो एक प्रकारको वनस्पति हो। यसको फूलको अचार बनाएर खाने गरिन्छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend